३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त संवाद र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको आरोप लगाउँदै देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले सर्वोच्च अदालतमा रिट दर्ताका लागि निवेदन पुर्‍याएका हुन्। कांग्रेस इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्।

रिटमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ। साथै, तत्कालका लागि महाधिवेशनका सम्पूर्ण गतिविधि रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको भन्दै देउवा र नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाउँदै आएका छन्।

रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी गरेको निर्णयसमेत बदर गर्न माग गरिएको छ।

सर्वोच्च अदालतले यसअघि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा भएको निर्णय पुनरवलोकनका लागि अनुमति दिइसकेको अवस्थालाई आधार बनाउँदै महाधिवेशनका प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गरिएको हो।

सर्वोच्चबाट मागबमोजिम अन्तरिम आदेश जारी भएमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी हाल सञ्चालनमा रहेका सम्पूर्ण गतिविधि प्रभावित हुनेछन्।

 

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  २ : ३० बजे

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको