३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान



नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य संघको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको सभाकक्षमा संघको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

२१ पदका लागि प्रकाशित निर्वाचन कार्यक्रममा ६ वटा पदमा एकल उम्मेदवारी परेपछि अध्यक्ष सहित १५ वटा पदमा निर्वाचन सुरु भएको निर्वाचन समितिले जनाएको छ । वाणिज्य तर्फको उपाध्यक्ष र एशोसियट २ जना सदस्यको विरुद्ध उम्मेदवारी नपरेको र उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवारी फिर्ता भएपछि ती पदहरुमा निर्विरोध हुन पुगेको हो । त्यसैगरि जस्तुगत तर्फपनि २ सदस्य निर्विरोध भइसकेका छन् ।

आज बिहान ८ बजेबाट जारी मतदानमा १५ पदका लागि २४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । ३ हजार ८ सय बढी मतदाता रहेको संघको निर्वाचनमा संघभित्र राजनीतिक विवाद नगर्ने सहमतिसहित यसपटक सत्तारुढ रास्वपाको सदभाव र ३ राजनीतिकदलको व्यवसायी नेताहरुको पहलमा चिरन्जिीवी ओलीको नेतृत्वमा संयुक्त समुहको नामबाट उम्मेदवारी परेको छ । संयुक्त प्यानलबाट अध्यक्षमा ओली, महिला उपाध्यक्षमा रुपा ओझा (सानु), महासचिवमा विष्णु श्रेष्ठ, उप–महासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही र शरदप्रसाद रिजाल सदस्य पदको उम्मेदवारी दिएका छन् ।

दल निकट उद्योगी व्यवसायी र पूर्व अध्यक्षहरुको पहलमा निर्माण भएको संयुक्त प्यानल विरुद्ध केही असन्तुष्ट व्यवसायीहरुले अध्यक्ष सहित सिमित पदहरुमा उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेहरुमा अध्यक्ष पदमा ध्रुव प्रसाद दाहाल, महिला उपाध्यक्षमा उमा ग्राण्डन, महासचिवमा दिपेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा सुर्य श्रेष्ठ र सदस्यहरुमा राजकुमार वैश्य र विकास थापा रहेका छन् । त्यसैगरि उपमहासचिवमा प्रदिप आचार्यले संयुक्त प्यानलका शिव दाहाल विरुद्ध उम्मेदवारी दिएका छन् भने सदस्य पदमा सुरजबहादुर भण्डारीको पनि उम्मेदवारी परेको छ ।

मतदानका लागि संघले जारी गरेको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र, वाणिज्य, घरेलु तथा पालिकामा दर्ता भएको फोटोसहितको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट जारी भएको पान नम्बरको प्रमाणपत्र वा नेपालगन्ज उद्योग वाणिज्य संघले जारी गरेको फोटोसहितको सदस्यता प्रमाणपत्र अनिवार्य गरिएको संघका महासचिव भीमबहादुर रानाभाटले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ९ : ४२ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी