८ भदौ २०८३, सोमबार | August 24, 2026

गिनीमा फोहोरको पहिरोमा परी ३० जनाको मृत्यु



काठमाडौं । पश्चिम अफ्रिकी राष्ट्र गिनीको राजधानी कोनाक्रीस्थित विशाल ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएका छन् ।

रातभर परेको भारी वर्षाका कारण फोहोरको विशाल थुप्रो अचानक भत्किँदा नजिकै रहेका पाल तथा छाप्रो पुरिएका हुन् । रोयटर्सका अनुसार घटनामा ६ जना गम्भीर र १६ जना सामान्य घाइते भएका छन् ।

कोनाक्रीको ग्वेसिया कम्युनमा स्थानीय समयअनुसार राति करिब २ बजे घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार फोहोरको पहिरो निकै ठूलो थियो । त्यसले नजिकै रहेको एउटा अपार्टमेन्ट भवनसहित सुकुम्बासी बस्तीलाई समेत पुरेको बताइएको छ ।

घटनापछि उद्धारकर्मीले एस्काभेटर तथा अन्य उपकरण प्रयोग गरी फोहोर हटाउने र पुरिएकाहरूको खोजी कार्य जारी राखेका छन् ।

गिनीका क्षेत्रीय प्रशासन मन्त्री जेनाब टुरेले गत बिहीबार मात्रै उक्त ल्यान्डफिल असुरक्षित रहेको भन्दै बन्द गर्ने र फोहोरलाई कोनाक्रीबाहिर व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।

घटनालगत्तै प्रधानमन्त्री अमादौ ओउरी बाहले आइतबार घटनास्थलको निरीक्षण गर्दै क्षतिको अवस्था तथा उद्धार कार्यबारे जानकारी लिएका छन् ।

विश्वकै ठूलो बक्साइट भण्डार तथा सिमान्डौ क्षेत्रमा ठूलो फलाम भण्डार रहेको गिनीमा भने पूर्वाधारको अवस्था कमजोर रहेको बताइन्छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ७ : ४५ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ