१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सोमबार ४०४७ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ लाख १० हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका ४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ हजार ५३० पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना र होम आइसोलेसनमा
१९ हजार ९५७ जना रहेका छन् ।

सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा चाप निकै बढेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४७३ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७७ हजार २७७ जना मुक्त भैसकेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : २४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग