८ भदौ २०८३, सोमबार | August 24, 2026

खजुरा क्यान्सर अस्पताल परिसरबाट रुट निर्धारण गर्न यातायात व्यावसायी राष्ट्रिय महासंघको परिपत्र



नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महासंघमा अवद्ध तीनवटा प्रदेशका यातायात व्यवसायी संघ, समिति, कम्पनी, प्रालि र संस्थाहरुलाई बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा क्यान्सर अस्पताल) पुग्न सहज हुनेगरि रुट निर्धारण गर्न परिपत्र गरेको छ ।

महासंघले लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा संचालनमा रहेका महासंघमा अवद्ध यातायात व्यवसायी संस्थाहरुलाई खजुरा क्यान्सर अस्पतालसम्म पुग्ने गरि रुट निर्धारण गर्न र सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीहरुलाई निःशुल्क यात्राको व्यवस्था गर्न परिपत्र गरेको हो । तीनैवटा प्रदेशको महासंघका प्रदेश संयोजकहरुलाई निर्देशन गरिएको परिपत्रमा अस्पताल परिसरबाट यातायात संचालन हुनेगरि अनिवार्य रुट निर्धारण गर्न महासंघ आवद्ध संघ, समिति र प्रालिलाई निर्देशन गर्न भनिएको छ ।

परिपत्रमा खजुरा क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै नेपाल भारत सीमा नजिकैको भारतीय क्यान्सरका बिरामीलाई समेत सेवा प्रदान गरेको उल्लेख गर्दै अस्पताल परिसरसम्म यातायात संचालन नहुँदा बिरामीहरुलाई अस्पताल पत्ता लगाउन र अस्पतालसम्म पुग्न कठिनाई भइरहेको जनाइएको छ । महासंघले क्यान्सर अस्पतालसँग समन्वय गरि अस्पताल परिसरबाटै रुट निर्धारण गर्न र क्यान्सरका बिरामीहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क यात्राको सेवा प्रदान गराई महासंघलाई जानकारी गराउन प्रदेश संयोजकहरुलाई निर्देशन गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको परिपत्रमा क्यान्सर अस्पतालबाट सहजिकरणकालागि आएको पत्रअनुसार माहसंघ आवद्ध सम्पूर्ण यातायात व्यवसायीहरुलाई सेवा प्रदान गर्न निर्देशन गरिएको छ । अस्पतालको प्रस्तावलाई आत्मसाथ गर्दै तीनैवटा प्रदेश संयोजकहरु मार्फत अस्पताल परिसरबाट रुट निर्धारण गर्न र क्यान्सरका बिरामीहरुलाई निःशुल्क यात्राको प्रबन्ध मिलाउन निर्देशन गरिएको महासचिव गौतमले बताए । छिट्टै महासंघको निर्णय कार्यान्वयनमा आउने जनाउँदै महासचिव गौतमले पश्चिम नेपाललाई नै क्यान्सर उपचारमा योगदान गरिरहेको अस्पताललाई सघाउनु यातायात व्यवसायीहरुको पनि कर्तब्य भएको बताए ।

धार्मिक अनुष्ठानका माध्यमबाट क्यान्सर अस्पताल निर्माण गरि संघीय सरकारलाई हस्तान्तरण गरिएको सो अस्पतालले २०७२ सालदेखि भरतपुर चितवन देखि पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा दिँदै आएको छ । गत आर्थिक वर्षमा मात्र खजुरा क्यान्सर अस्पतालले ४० हजार बढी क्यान्सरका बिरामीलाई उपचार सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताए । बिरामीलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार अधिकतम प्रयासमा रहेको जनाउँदै डा. भट्टराईले अस्पतालका सेवाहरुलाई थप प्रभावकारी र बिरामी मैत्री बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  २ : ०२ बजे

बागमतीका मुख्यमन्त्री थापा मगर विरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध दायर

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’

नेपालगन्ज । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद्

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौं । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव