२३ बैशाख २०८१, आइतबार | May 5, 2024

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित निकै बढेपछि उपचारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

उपचार गर्नुपर्ने संक्रमितहरुको संख्या धेरै भएपछि सरकारले अब काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई डेडिकेटेड कोभिड अस्पतालमा रुपान्तरण गर्नेभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रायका प्रवक्ता प्राडा जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

यससँगै स्वास्थ्यसेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले होटलहरुलाई समेत आइसोलेसन सेन्टरका लागि अनुमति दिने निर्णय गरेको छ । होटलहरुसँग समन्वय गरेर आइसोलेसन बनाउने निर्णय भएको हो । तर ती होटलहरुमा अन्य ग्राहकलाई भने राख्न पाइने छैन।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : २१ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७