काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले नगद सहयोगसँगै बाढीपीडितका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो।
उनले प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत सामग्री पठाउने तयारी भइरहेको जानकारी दिए।
















प्रतिक्रिया