२२ भदौ २०८३, सोमबार | September 7, 2026

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु



काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७-३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।

विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको बताइएको छ । रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि विमानमा भीषण आगलागी भएको थियो । विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो ।

दुर्घटनालगत्तै आगो नियन्त्रण तथा उद्धारका लागि करिब २०० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो । उद्धार टोलीले विमानमा लागेको आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेको थियो ।

घाइते पाँचजनामध्ये तीनजनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने अन्य दुईजनालाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

दुर्घटनापछि अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन् ।

दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन् । बीबीसी

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ७ : ४१ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म