१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेनजी सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।

जेनजी सहिद दिवसको सन्दर्भमा उनले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त शासनको मुद्धा अघि सारेर गरिएको आन्दोलन र त्यसअघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र कामपाको तर्फबाट प्रतिबद्धता व्यक्त गरिन् ।

“स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि विसं १९९७ देखि गत वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र सङ्घर्ष भएका छन् । आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र सङ्घीय शासन व्यवस्था यिनै महान आन्दोलनको जगमा उभिएको उपलब्धि हो”, डङ्गोलले भनिन् ।

व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै डङ्गोलले आन्दोलनका क्रममा घाइते भएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पित गर्ने सम्पूर्ण योद्धाहरू र अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गरिन् ।

“काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनको प्रत्यक्ष साक्षी हो । शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्छ भन्ने सन्देश काठमाडौँले सधैँ प्रवाह गर्दै आएको छ । हामी सरकारी सेवालाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्‍याउने ‘नागरिकमैत्री शासन’ स्थापना गर्न प्रतिबद्ध छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक तथा नैसर्गिक अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी दृढताका साथ अगाडि बढिरहेका छौँ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण हाम्रो मूल लक्ष्य हो”, उनले भनिन् ।

आफूहरू सहिदले देखाएको बाटो पछ्याउँदै हिँडेको बताउँदै कार्यवाहक प्रमुख डङ्गोलले स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ‘जेनजी’ आन्दोलन लगायतका विभिन्न सङ्घर्षहरूबाट प्राप्त जनमत पूरा गर्न निरन्तर लागिपरेको उल्लेख गरिन् ।

उनले परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको स्पष्ट पारिन् । “सहिदहरूले देखाएको बाटो नागरिकले हामीमाथि गरेको भरोसा हाम्रो मार्गदर्शन हो,” उनले भनिन्, “यही मार्गमा अविचलित भई हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने जेनजी सहिदहरूको आत्माले चीरशान्ति पाउनेछ भन्ने हाम्रो अटल विश्वास छ”, ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ६ : २० बजे

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भोलि निरीक्षण

जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा