१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न



काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

विसं १९९० को भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न गरी आज शुभारम्भ गरिएको हो । नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पूजिन्छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले महानगर क्षेत्रभित्रका मूर्त, अमूर्त सम्पदाको संरक्षणका लागि महानगरपालिकाले काम गरिरहेको बताइन् ।

यसबीचमा ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको उनले जानकारी दिइन् । एघार वर्षअघिका भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख डङ्गोलले संरक्षणका काम गरिनुपर्नेमा जोड दिइन् ।

महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताए । मन्दिरका माध्यमबाट बाजागाजा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने वातावरण बनेको पनि उनले सुनाए ।

नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिएको उल्लेख गर्दै वडाध्यक्ष सङ्गतले पशुपति क्षेत्रका ग्वल नवाली टोलमा पुर्खाले जात्रा, पर्व, संस्कृति संरक्षणका लागि नित्यनाथ मन्दिर बनाएको बताए । त्यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकलाय पनि भूकम्पले भत्किएकामा त्यसलाई पुनर्निर्माण गरी हस्तान्तरण गरिने प्रतिबद्धता पनि उनले जनाए ।

महानगरपालिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगर क्षेत्रका मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट धेरै काम भएको बताए । यस्ता कामलाई आगामी दिनमा निरन्तरता दिइने पनि उनको प्रतिबद्धता थियो ।

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यस वर्षको ज्यापू दिवसका अवसरमा आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट नै शोभायात्रा गरी वसन्तपुर पुगेर विशेष सभा गर्नेगरी तयारी भएको जानकारी गराए ।

सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार सङ्गत र सचिव सुजन सङ्गतलगायतले सङ्गीत संस्कृति पुस्तान्तरणको काम गर्न सहयोगी हुनेगरी नित्यनाथ मन्दिर पुनर्निर्माण भएको बताए । दाफा भजन, यस क्षेत्रमा लोप हुन लागेका बाजागाजाको संरक्षणका लागि पनि नित्यनाथ मन्दिरबाट सहयोग पुग्ने उनको भनाइ थियो ।

सो अवसरमा मन्दिर पुनर्निर्माणका लागि नक्सा ड्रइङ, डिजाइन गरी सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राई र पुनर्निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न वडाध्यक्ष सङ्गतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मौलिक बाजागाजा र नृत्य सिक्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ९ : ३४ बजे

‘सिंहदरबारमा रमिता चलिरहेको छ’ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक

पार्टी वैधानिकताको प्रश्न सुनियोजित षड्यन्त्र र दुष्प्रचार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औँ महाधिवेशनको

नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी