२५ श्रावण २०८३, सोमबार | August 11, 2026

अवैध संरचना हटाउने अभियान मानवीय ढंगले अघि बढाइने : सुनिता डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने अभियान मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढाइने स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार भइरहेको अभियानमा महानगरले सहयोगी भूमिका निर्वाह गर्ने बताएकी छन् । साथै वैशाख ११ गते नगर कार्यपालिकाका सदस्यहरूसँग भएको छलफलको मार्गनिर्देशनलाई आधार मानेर आफ्नो धारणा सार्वजनिक गरिएको उल्लेख गरेकी छन् ।

डंगोलले संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना गरिने बताउँदै ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने जानकारी दिएकी छन् । उनले सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण ढंगले व्यवस्थापन गरिने र कानुनविपरीत कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महानगरपालिकाले सरकारी, ऐलानी, पर्ति तथा सामुदायिक जग्गा संरक्षण गर्दा कानुन र न्यायको पालना गर्दै अधिकतम प्रयास गरिरहेको पनि उनले बताइन् ।

अभियान सफल बनाउन सरोकारवाला निकाय, पदाधिकारी तथा सर्वसाधारणलाई आवश्यक सहयोग र समन्वयका लागि उनले अनुरोधसमेत गरेकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ७ : ५८ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय