१० आश्विन २०८३, शनिबार | September 26, 2026

बागलुङको ताराखोलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु



बागलुङ । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धम्मरस्थित घरमाथिबाट खसेको पहिरोमा पुरिएर ६९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार राति घरको पिँढीमा सुतिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरिएर रोकाको मृत्यु भएको हो।

उक्त घरमा मनबहादुर र उनका वृद्ध बुबा सल्ले रोका बस्दै आएका थिए। घटनाका बेला बुबा छोरीको घरमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमती र छोराछोरी भने अर्कै घरमा बस्दै आएका थिए। पहिरो गएको खबर पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले रोकाको शव बाहिर निकालेको थियो।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १ : १३ बजे

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी

कृष्णभीरमा पहिरोपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम,