१२ आश्विन २०८३, सोमबार | September 28, 2026

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६ अंकभन्दा बढीले घटेको छ । यस दिन नेप्से परिसूचक १६.४७ अंक अर्थात् ०.६२ प्रतिशतले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ ।

बजार घटे पनि सोमबार कारोबार रकम भने ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ३५७ धितोपत्रको ५८ हजार ५ सय कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भएका छन् । यसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार ट्रेडिङ समूहको उपसूचक मात्रै ०.२३ प्रतिशतले बढेको छ । बाँकी १२ वटा उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १.२० प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये २२३ वटा कम्पनीको सेयर मूल्य घट्दा ५० कम्पनीको मूल्य बढेको छ । बाँकी धितोपत्रको मूल्यमा भने उल्लेख्य परिवर्तन देखिएन ।

मूल्य बढ्नेमा केबीएल डिभेन्चर अगाडि रहेको छ । यसको मूल्य १२.१७ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशत तथा प्राइम बैंक डिभेन्चरको मूल्य ८.८३ प्रतिशतले बढेको छ ।

यता, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड, धौलागिरि लघुवित्त वित्तीय संस्थालगायतका धितोपत्रको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ ।

सोमबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सबैभन्दा धेरै पटक कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ०४ बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव