१४ आश्विन २०८३, बुधबार | September 30, 2026

भोटेकोसी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन



काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन्।

सिंहदरबारस्थित संघीय संसद्को कार्यव्यवस्था हलमा बुधबार बसेको समितिको बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो। पराजुलीको सभापतिमा यसअघि एकल उम्मेदवारी परेको थियो।

प्रतिनिधिसभाले गठन गरेको १५ सदस्यीय विशेष समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली क्षेत्रमा भएका विपद्का विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

समितिले भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपद्को अवस्था र त्यसबाट परेको प्रभावबारे अध्ययन गर्नुका साथै प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण तथा भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणका उपायबारे अध्ययन गर्नेछ।

त्यस्तै, जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम, जलवायु न्याय तथा आवश्यक कानुनी र संस्थागत सुधारका विषयमा अध्ययन गरी राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशासहित सुझाव दिने कार्यादेश समितिलाई दिइएको छ।

समितिले अध्ययन तथा छलफलका क्रममा सम्बन्धित निकाय, विज्ञ तथा प्रभावित क्षेत्रका सरोकारवालासँग समेत आवश्यक परामर्श गर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ४२ बजे

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा