१४ आश्विन २०८३, बुधबार | September 30, 2026

दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे ।

प्रधानमन्त्री शाहले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्रीले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे ।

प्रधानमन्त्रीले सांसदहरुलाई ‘असाधारण’ मानिस भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिले सधै नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ४२ बजे

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा