२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सिस्ने गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषणा



रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको लक्ष्यलाई सघाउँदै पूर्ण खोप सुनिश्चित भएकाका सम्बद्ध पक्षलाई धन्यवाद दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् उनले पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्‍याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकाका जन्मेदेखि १५ महिनासम्मका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्ने आधार तय भएको जनाए ।

गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउने गरिएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ०८ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा