१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य हासिल गर्न दृढ आत्मविश्वासका साथ अघि बढ्न र ठोस कदम चाल्न चिनियाँ जनतालाई आह्वान गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा बुधबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। चीनले प्रत्येक वर्ष अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउँदै आएको छ।

प्रधानमन्त्री ली छ्याङको अध्यक्षतामा भएको समारोहमा झाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ स्युएक्सियाङ, ली सी र हान झेङसहित करिब ८ सय अतिथि सहभागी थिए।

समारोहमा सीले भने, “चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन। जबसम्म हामी आत्मविश्वासी रहन्छौँ, आफ्नो लक्ष्यमा केन्द्रित हुन्छौँ र एकपछि अर्को गर्दै दृढतापूर्वक अघि बढ्छौँ, अन्ततः सफलता महान् सीपीसी, महान् चिनियाँ जनता र महान् जनवादी गणतन्त्र चीनकै हुनेछ।”

उनले विगत ७७ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थायित्वका दुई महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

“नयाँ चीनका असाधारण उपलब्धिप्रति हामी अत्यन्त गर्व गर्छौँ र चिनियाँ आधुनिकीकरणको उज्ज्वल भविष्यप्रति पूर्ण विश्वास राख्छौँ,” सीले भने।

यस वर्षको सुरुदेखि नै बढ्दो दबाबका बाबजुद चिनियाँ अर्थतन्त्रले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै उनले नवप्रवर्तनमा आधारित तथा उच्च गुणस्तरीय विकास हासिल भइरहेको र यसले अर्थतन्त्रको बलियो प्रतिरोधात्मक क्षमता तथा जीवन्तता प्रदर्शन गरेको बताए।

यो गतिलाई निरन्तरता दिँदै नवप्रवर्तनमा आधारित, उच्च गुणस्तरीय र स्वस्थ आर्थिक विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा सीले जोड दिए। जनताको जीविकोपार्जनको संरक्षण र सुधारका लागि व्यावहारिक कदम चाल्दै यस वर्षका लक्ष्य तथा कार्यहरू पूरा गर्नुपर्ने उनले बताए। यसबाट १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०)को सफल सुरुवात सुनिश्चित गर्न सकिने उनको भनाइ थियो।

सीले ‘एक देश, दुई प्रणाली’ नीतिप्रति दृढ प्रतिबद्धता कायम राख्नुपर्नेमा पनि जोड दिए। यस नीतिअन्तर्गत हङकङको प्रशासन हङकङका जनता र मकाउको प्रशासन मकाउका जनताले गर्ने तथा दुवै क्षेत्रले उच्च स्तरको स्वायत्तता उपभोग गर्ने व्यवस्था छ।

केन्द्रीय सरकारले हङकङ र मकाउलाई मुलुकको समग्र विकासमा अझ पूर्ण रूपमा एकीकृत हुन सहयोग गर्ने उनले बताए। साथै, दुवै क्षेत्रको दीर्घकालीन समृद्धि र स्थायित्व कायम राख्न केन्द्र सरकार प्रतिबद्ध रहेको सीले उल्लेख गरे।

सीले ताइवान जलडमरूमध्यका दुवैतर्फका जनताबीचको आदानप्रदान र सहयोगलाई थप गहिरो बनाउन पनि आह्वान गरे। ‘ताइवान स्वतन्त्रता’का पक्षमा रहेका पृथकतावादी शक्तिविरुद्ध दृढतापूर्वक लड्न, बाह्य हस्तक्षेपको विरोध गर्न तथा जलडमरूमध्यपार सम्बन्धको शान्तिपूर्ण विकासलाई प्रवर्द्धन गर्दै राष्ट्रिय पुनर्मिलनको दिशामा अघि बढ्नुपर्ने उनले बताए।

चीनले शान्तिको स्वतन्त्र परराष्ट्र नीति निरन्तर अवलम्बन गर्ने सीले बताए। चीनले प्रस्ताव गरेका चार प्रमुख विश्वव्यापी पहलहरूको कार्यान्वयनलाई अघि बढाउँदै मानवजातिको साझा भविष्य भएको समुदाय निर्माणका लागि योगदान गर्ने उनले उल्लेख गरे।

अस्थिरताले भरिएको विश्वमा थप निश्चितता र सकारात्मक ऊर्जा प्रदान गर्न चीनले निरन्तर भूमिका खेल्ने सीको भनाइ थियो।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ९ : ३३ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको