१७ आश्विन २०८३, शनिबार | October 3, 2026

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी-सुनौलाबजार-भोर्ले-कोसीखोला-फोस्रेटार-कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ५६ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

बुटवल । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल

आर्थिक नियम उल्लङ्घनमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीको अपिल

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिगको आर्थिक नियम

तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

तनहुँ । जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने