बुटवल । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत एस मोडमा अनियन्त्रित भई सडकबाट नालामा पल्टिएको हो ।
दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । अन्य पाँच जनाको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइते तथा यात्रुको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाएको जनाएको छ ।
घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बस शनिबार बिहान पौने ४ बजे ब्रेक फेल भई सडक किनारको नालामा पल्टिएको हो । दुर्घटनामा १ महिला र ३ पुरुषको मृत्यु भएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया