१७ आश्विन २०८३, शनिबार | October 3, 2026

जितिया पर्वको दिन पोखरीमा नुहाउँदा दुई किशोरीको ज्यान गयो



कलैया । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई किशोरीको डुबेर मृत्यु भएको छ।

देवताल गाउँपालिका–६ स्थित स्थानीय पोखरीमा नुहाउने क्रममा १५ वर्षीया चाँदनी पटेल र १६ वर्षीया निशा पटेल डुबेका हुन्।

प्रहरीका अनुसार चाँदनी स्थानीय राजेश पटेलकी छोरी हुन् भने निशा भोला पटेलकी छोरी हुन्। दुवै किशोरी पोखरीमा नुहाउने क्रममा डुबेको खबर पाएपछि स्थानीय र प्रहरीले तत्काल उद्धार गरेका थिए।

उद्धारपछि दुवैलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

घटनापछि दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : ०४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

कांग्रेस १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि देउवालाई निमन्त्रणा

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसको १५औं महाधिवेशन

जितिया पर्वको दिन पोखरीमा नुहाउँदा दुई किशोरीको ज्यान गयो

कलैया । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई

एमालेसँगको प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक प्रचण्डको आह्वान

बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा औषधि खरिदका लागि बोलपत्र आह्वान

खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले आर्थिक वर्ष