१८ आश्विन २०८३, आइतबार | October 4, 2026

कांग्रेस १५ औँ महाधिवेशन : यी स्थानमा तोकिए साधन पार्किङ



काठमाडौं । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्चमा आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएको हो ।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान-वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिए ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : १७ बजे

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित

एआरई जीपी बुटवल क्वालिफायर्समा ७६ राइडर सहभागी, तीन फाइनलिस्ट छनोट

बुटवल । बुटवलमा सम्पन्न अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला । जुम्ला हुँदै मनाङ-मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् ।

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ