१८ आश्विन २०८३, आइतबार | October 4, 2026

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश



बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित विभिन्न राजनीतिक दलमा आबद्ध करिब १२० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेमा शनिबार आयोजित रास्वपा निर्वाचन क्षेत्र समिति क्षेत्र नं. १ रुपन्देहीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू रास्वपामा प्रवेश गरेका हुन् ।

कनौजे अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट देवदह नगरपालिका-१० को वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए। उनी झिनो मतान्तरले पराजित भएका थिए ।

रास्वपामा प्रवेश गर्नेमा एमाले शाखा कमिटी अध्यक्ष ओमबहादुर राना, युवा संघ नगर अध्यक्ष विश्वास गुरुङ, नगर सदस्य मिनबहादुर गाहा, युवा संघ रुपन्देही जिल्ला सदस्य कृष्ण खत्री, नगर सदस्य रुपसिंह थापा, युवा संघ जिल्ला सदस्य अनिल खत्री, तिलक गाहा, एमालेका पूर्व जिल्ला विभाग सदस्य नरबहादुर पुन तथा स्थानीय समाजसेवी मनबहादुर बराललगायत रहेका छन् ।

नवप्रवेशीहरूलाई रास्वपा सांसद ज्ञानु पौडेल, लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पौडेल र जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्याय (चापागाईं) ले पार्टीको ब्याच लगाएर स्वागत गरेका थिए ।

कार्यक्रम नेपाल सरकारकी कृषि तथा वातावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गर्ने तय गरिएको थियो। तर, निर्धारित समयभन्दा करिब तीन घण्टा ढिला कार्यक्रम सुरु भएको थियो । मन्त्री चौधरी कार्यक्रमस्थलमा उपस्थित भएर केही समयपछि फर्किएकी थिइन् ।

स्थानीय तह निर्वाचन नजिकिँदै गएको अवस्थामा एमालेसहित विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताको रास्वपा प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी निर्वाचन क्षेत्र नं. १ मा सक्रिय राजनीतिक गतिविधि बढिरहेका बेला भएको यो पार्टी प्रवेशले आगामी निर्वाचनको राजनीतिक समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : १२ बजे

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

जितिया : निराहार व्रत समापन

जनकपुर । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित

एआरई जीपी बुटवल क्वालिफायर्समा ७६ राइडर सहभागी, तीन फाइनलिस्ट छनोट

बुटवल । बुटवलमा सम्पन्न अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ