१९ आश्विन २०८३, सोमबार | October 5, 2026

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन् ।

‘फिजी’ र ‘टुभालु’मा यही असोज १९ र २० गते हुने कार्यक्रममा सहभागी हुनेक्रममा मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुग्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले २० गतदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी)मा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सत्रअघि उनले ‘पलाउ’का राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेतको उपस्थितिमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नुहुने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना हुने कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

ती कार्यक्रममार्फत उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल यही असोज २६ गते नेपाल फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ०२ बजे

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको

‘राहतमा चामलका बोरा र त्रिपाल प्रसस्त आएपनि बालबालिकाको किताव कसैले सोधेनन्’

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३