१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान



बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । संघको अधिवेशन यही असोज २३ देखि २६ गतेसम्म हुँदैछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २६ गते मतदान हुने भएको छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

निर्वाचनका लागि असोज १५ गते नै मतदाता नामावली प्रकाशन गरिसकिएको छ । प्रकाशित मतदाता नामावलीमाथि दाबी–विरोध गर्न असोज २१ गते दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । सोही दिन दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते साधारण सभाको दिन साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र वितरण गरिनेछ भने साँझ ६ देखि ७ बजेसम्म मनोनयनपत्र दाखिला गर्नुपर्नेछ । सोही दिन साँझ ८ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारमाथि दाबी–विरोधका लागि असोज २४ गते बिहान ८ देखि ९ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारले सोही दिन बिहान ११ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

कुनै पदमा एकभन्दा बढी उम्मेदवारी परेमा उम्मेदवारको अन्तिम नामावली तथा मतपत्रमा उम्मेदवारको नाम अंग्रेजी अल्फाबेटअनुसार राखिने निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिमा निर्वाचन कार्यक्रम संशोधन गर्न सकिने पनि समितिले जनाएको छ ।

अधिवेशनबाट संघको आगामी कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ । त्यस्तै कार्यसमिति सदस्यतर्फ उद्योगबाट ४, वाणिज्यबाट ४, महिलाबाट २ र खुलातर्फ ७ गरी १७ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

निर्वाचनमा उम्मेदवारी दिनका लागि शुल्कसमेत निर्धारण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत पाण्डेका अनुसार उम्मेदवारी शुल्क फिर्ता नहुने गरी अध्यक्ष पदका लागि १ लाख रुपैयाँ, पदाधिकारी पदका लागि ५० हजार रुपैयाँ, एसोसिएट सदस्य पदका लागि ४० हजार रुपैयाँ र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ४६ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित