२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नारायणगढ बजार जोगाउन उद्योग व्यवसायीको माग



चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको उनले बताए । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ ।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिए । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि वढ्ने आश्वासन दिएको अध्यक्ष सुवेदीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ५३ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११