२० आश्विन २०८३, मंगलबार | October 6, 2026

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । 

काठमाडौंमा भीषण हावाहुरी र असिनापानीका बाबजुद पनि अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यले तीव्रता पाएको छ । पार्टीको सभापति, वरिष्ठ उपसभापति, खुला र समावेशी उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम जारी छ ।

यही क्रममा काठमाडौंका श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनले केही बेरअघि मात्र आफ्नो मनोनयन दर्ता गरेका हुन् । 

खड्गी करिब ४० वर्षदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) र कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनले वडा कार्यसमिति सदस्यदेखि क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी पूरा गरिसकेका छन्।

कांग्रेसमा सभापतिमा गगन थापाको बलियो सम्भावना छ । तर उनलाई सर्वसम्मत हुन नदिन खड्गीका साथै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् । राठौर मंगलबार मात्र बर्दिया २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । खड्गी सिद्धार्थ वनस्थली स्कुलमा शिक्षक हुँदा गगन थापा उनका विद्यार्थी थिए।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ५२ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई