२१ आश्विन २०८३, बुधबार | October 7, 2026

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दिनुभएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेता राठौरले सञ्चारकर्मीहरूसँग भने, “विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी सङ्कटमा रहेको अवस्थामा वर्तमान सभापति गगनकुमार थापाले सहयोग गर्नुपर्र्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु ।”

यसअघि मङ्गलबार अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उल्लेख गरे ।

नेता राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : ३८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ

उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान