२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ३ हजार ७५४ जनाले मतदान गरेका हुन्। विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ।

प्रदेशगत विवरणअनुसार कोशीमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९० र लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ जनाले मतदान गरेका छन्।

त्यस्तै, बागमतीमा १ हजार ४९१ प्रतिनिधिमध्ये ७३२ र गण्डकीमा ७८७ मध्ये ५०७ जनाले मतदान गरेका छन्। सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिहरूको लामो लाइन रहेकाले निर्वाचन समितिले मतदानको समय थप गरेको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो।

निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा जारी छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : ५३ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद