मन टाँसिएपछि

लघुकथा 
खबर कुरा
१ कार्तिक २०७७, शनिबार

 

..
मान्छेको एक समय । छातिभित्र भरिएका बैँशाालु उमङ्गहरु । भावुकताको फूलवारी, प्रेमिलो जोडीको रङ्गिगो महल । परन्तु कहिलेकाहिँ यस्ता ज्वारभाटाहरु आउंदा रहेछन, मानौं नदी किनारका उन्मत्त रुखहरुलाई पहाड देखि झरेका उद्वेलित छहराहरुले सोहोर्दै विशाल सागरमा समाहित गरुन् । चिन्तनले चुलिएका दुर्गम पहाडहरुलाई र संस्कृतिले ठड्याएका पाबन्दीका जब्बर पर्खालहरुलाई भत्काई दिउँ । अनि भमरा बनेर रंङ्गिन आह्लादित फूलवारीका फूलहरु चुमौं र ती सबैको रस पान गरौं । मानौँ सबैखाले परिस्थितिलाई आफनै अनुकुलतामा समेटौं । हरेक खालका स्वत्वको सीमाबन्द परिबेश भित्र हरेक प्रतिकुलतालाई कैद गरी राखौं ।

गणेशबहादुर जीसी

उमेरको समानता भए पनि समयको प्रतिकुलता, संस्कारको प्रतिकुलता, वैभवको असमानताले मात्र आत्माको दूरीलाई टाढा पार्छ भन्ने कुरामा म पूर्ण विश्वस्त थिइन । यद्यपी आह्लादपूर्ण तारुण्यता संयोगको सेतु बन्न आइपुग्दो रहेछ भन्ने कुरामा अनभिज्ञ थिएँ, म ।

मैले देखेकी तर मैले नठम्याएकी सुप्रियार्, मेरो भावुक आंखाले कसरी छामेछ, मलाई थाहा भएन । तर मेरो मनको सतहमा भुमरी झैं घुमिरहेकी सुप्रिया अन्ततः मेरो दिलमा बास बस्न आइपुगिन, आकस्मिकता । उनको दम्भमा झुण्डिएको अहमता मेरो मृदु मुस्कानमा विलय भयो ।
मैले एकचोटी उनको मनलाई छामेर हेर्न खोजेँ । आक्कल झुक्कल बाटामा भेटिने सुप्रिया शाही ठकुरीलाई यथौसर जुट्न गएको जम्काभेटको सामिप्यता उपयोग गर्दै अनायास भनेछु – “के छ सुप्रिया मिस ?” विष्फारित उनको गोलभेडे नेत्रज्योतिले मलाई घोचेपछि निर्भयतापूर्वक पुनः कोट्याएँ–“अन्यथा परेको गए माफ पाउँ है” । त्यो मेरो अत्यन्त दुस्साहसपूर्ण औपचारिकताको ढोका खोलाई थियो । उनको अभिजातिय दम्भको बम्ब विष्फोट भयो । उनको चिम्से आँखा फुलेर पाकेको गोलवेडा जत्रो भएको थियो । आवेगको पारो उचाल्दै उनले भनिन्–“ के भनिस् रे डुम? तैले मलाई नाम काडेर बोलाउने? बजाई दिउँ ?”त्यसबेला उनको हातमा तीन इन्च अग्लो ऐँडीवाला स्याण्डिल थियो । उनको वाकसिस्नोले मलाई एकचोटी नराम्रोसंग झप्कायो । यद्यपी उनको फक्रक्क फुलेर ढलपल भएको बैँशले अचानक हच्काएछ क्यारे । एकैछिनमा मलाई टिप्न लालायित भएको वासना पाएँ,एकछेउबाट । शायद मेरो दैहिक सुन्दरता, शाब्दिक मधुरता,अनि मेरो आत्मिक सुन्दरताले उनको दम्भको खस्रो ढुङ्गालाई पगालेछ, क्यारे । क्षणभरमै सम्हालिएर हातको स्याण्डिल भुईमा राख्दै भनिन् –“सरी ”। आकस्मिक सम्झौता ।

हुनत उनको विमोहित योैवन कसको लागि साँंचिएकोछ, कसले टिप्न लेखिएकोछ सो कुरा उनको अनिश्चित सुदूर भविष्यको गर्भगृहलाई नै थाहा होला । यद्यपी मेरो घोेर्ले बैंशले अन्धो भएर एक पटक उनको पुष्पित जीवन छुने दुस्प्रयास ग¥यो । आफनै गति आफनै मति हिडिरहेको समय, अनायास दुस्साहसको मोडतिर सोझिएछ ।

उसो त परम्पराले उचालेको जात र त्यसैसंग टाँसिएको आर्थिक हैसियतको दम्भमा उनी म भन्दा माथि भए पनि, शैक्षिक स्तर र शारीरिक सुन्दरतामा उनी भन्दा म माथि थिएँ भन्ने मेरो आफनै ठम्याई ।

थेप्चो नाक, मोटा ओठ, छिच्रा दाँत र हिस्सी नपरेको कृष्णकाया । शारीरिक बनोटमा होची पुटकी भएतापनि बैंशालु परिपुष्टता, श्रृङ्गारिक प्रशाधान र मादकता भरिएको रातो गालामा मेरो मनको वासना टाँसिन पुगेकोले उनी परिसुन्दरी देखिन पुगिन् मेरो आत्ममा । अरु अर्थात उनको समहैसियतका पुरुष मनको दृष्टिमा कुरुप ठानिएकी सुप्रिया मेरो मनको दृष्टिमा सुन्दर गुलाव बन्न पुगिन्, उनको बैभवताप्रति मेरो कुनै साइनो नभए तापनि ।

कुन्नी कसरी हो गुयली जस्तो रुपहीन त्यो पूmल, मेरो लागि गुलाफ जस्तो सुवासित लाग्यो, टिपौं टिपौं लाग्ने प्रेमाकर्षक । शंकोच र भयको कांडा पन्छाउदै मन छाम्ने दुस्साहस गरेंको थिए मैले । म एउटा गरी खाने सार्कीको छोरो । मेरा बाबुको आशाको पुञ्ज तथा आर्थिक लगानी र मेरो कठोर मिहिनतले स्नातकसम्मको प्रमाणपत्र मसंग थियो ।

अन्तत्वगत्वा उनको तप्त क्रोधाग्नीलाई आफनै छचल्किएको बैंशालु पानीले निभाएछ क्यारे, आगोको फिलुङ्गो जस्ता रक्तिम उनका आँखा क्षणभरमै पानी भयो । बिस्फारित परेली, साँझले ओइलाएको सदाबहार फूल जस्तै भयो । अनि उनको तीर जस्तो तीक्ष्ण वाणी पग्लिएर मधुमय भयो । शायद मेरो व्यक्तित्वप्रति आकर्षित भएर उनको अभिमानको ढुङ्गा गलेको होकी ?म परीक्षा नतिजाको प्रतीक्षामा उभिरहेको थिएँ । उनको दृष्टिगोचरले पुनः मेरो शिर देखि पाउसम्म छाम्यो । मेरो शरीरमा स्पर्श गरेका उनका गोल्भेडे नयनपुट, नुन लागेको कुखुराको मुण्टो जस्तो भुइँमा जोतिएको आभाष पाएँ, शायद पश्चातापले पोलेको होकि? उनको छुद्र मुख गिलासमा जमाएको दही जस्तै भयो, लयालु । क्रोधले रङ्गिएको विष्फारित उनको मुखमण्डल, मेरो निश्छल मुस्कान सहितको मधुवाणीले क्रमशः गोधुलीको सूर्यमुखी फूल झैं निउरीमुन्टे भयो । उनको अन्तरङगका कुत्सीत तरङगहरु भस्मीभूत भएछन क्यारे ।

अनि भनिन्– “सरी ! कृष्ण भन भन मलाई सुप्रिया मिस हैन सुप्रिया मात्र भने पनि हुन्छ । ओहो मेरो अभिमानले मलाई दम्भान्धी बनाएर कुन दुनियामा पु¥याएको रहेछ । दम्भले मात्तिएको मेरो झटारोलाई तिम्रो शारीरिक सुन्दरता र बाणीको मधूरताले जलाइदियो, भस्मिभूत पारेर । अब मसंग त्यो झटारो छैन । फालिसकेँ सब । बोलाउ अब मलाई सुप्रिया भनेर । अबदेखि जले सबै, मेरा दम्भका काँडाहरु । तिम्रो मधुर वाकवाणी र स्वाभिमानी नजरले गले, मेरा सबै अभिमानका चट्टानहरु । ढले मेरा विभेदकारी संङकुचनका पर्खालहरु, तिम्रो सौन्दर्यतामा विमोहित भएर ।”

हुुन पनि कठोर भन्दा कठोर पाषाणहरुलाई भीमकाय मेसिनमा हालेर पेलेपछि लयालु सिमेन्ट बन्नसक्छ, भने मान्छेको साह्रो मनमा प्रेमिलो वासना छरिदिएपछि मायालु बन्न करै लाग्दो रहेछ । असम्भव भन्ने वस्तु केही छैन संसारमा ।

अनायास उनमा आएको यो भाव परिवर्तनले संकेत गरेको थियो । स्वच्छ मनको निश्छल, खुला अभिव्यक्तिले मानिसको हृदयको ढुंगा गलाउन सकिन्छ, तृष्णा जगाउन सकिन्छ, सङकीर्णता निबाउन सकिन्छ, कुण्ठा पगाल्न सकिन्छ । यस्तै मन टाँसिएपछि कुरुपता र अभिमान पनि सुन्दरता र सालीनतामा बदलिन सक्दोरहेछ । त्यहाँदेखि म उनको भएँ उनी मेरी भइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*