१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र परिसरमा आगलागी



नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित विद्युत प्राधिकारणको नेपालगन्ज वितरण केन्द्र परिषरमा आगलागी भएको छ । प्राधिकरणको कवार्ड सामान भण्डारण गरिएको क्षेत्रमा आगलागी भएको हो ।

मध्यान्ह १२ः१५ मा सुरु भएको आगलागी नेपालगन्ज उपमहानगरपालिकाको दमकल, प्रहरी, कर्मचारी र स्थानीयको सक्रियतामा करिव १ घण्टा लगाएर नियन्त्रणमा आएको प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले जानकारी दिए ।

परिषरको कम्पाउन्ड भित्र पुराना साइकल, गाडीका टायर र कवाडी बनेको ब्याट्रीहरु भण्डारण गरेको स्थानमा आगलागी भएको उनले बताए । आगलागीबाट बहुमूल्य र काम लाग्ने कुनै उपकरणहरु नष्ट नभएको बताउँदै मिश्रले आगलागीको कारण बारे अध्ययन भइरहेको बताए ।

आगलागीबाट कालो मुस्लो धुँवा देखिएको र पटक पटक विष्फोटको आवाज आएको स्थानीयले बताएका छन् । पुराना कवार्ड ब्याट्रीहरुमा आगलागी भएका कारण पड्केको आवाज आएको हुन सक्ने कार्यालय प्रमुख मिश्रले बताए ।

आगलागी भएको खबर पाएसँगै नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त बिष्ट सहित जनप्रतिनिधिहरु आगलागी स्थलमा पुगेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  २ : ०७ बजे

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र परिसरमा आगलागी

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित विद्युत प्राधिकारणको नेपालगन्ज वितरण केन्द्र

पाकिस्तानको बलुचिस्तानमा रेलमा विस्फोट, २४ को मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं । वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७