काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् ।
मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गरेका हुन् ।
लोकार्पण गरिएको ३६८ पृष्ठे स्मारिकामा नेपालको शैक्षिक विकास, समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षा, आदि सामग्री समावेश छन् । साथै प्रतिष्ठानका गतिविधि तथा स्मरणीय विषयवस्तु समेटिएको छ ।

















प्रतिक्रिया