१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

चारजना केन्द्रीय सदस्यको शपथ रोकियो



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पार्टी सभापति गगन थापाबाहेक सबै पदाधिकारी र चारजना केन्द्रीय सदस्यबाहेकले शपथ लिएका छन् । उनीहरूलाई पार्टी सभापति थापाले शपथ खुवाएका थिए । थापाले भने यसअघि नै  निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कासँग शपथ लिएका थिए ।

कांग्रेस सभापति थापाले चारजना केन्द्रीय सदस्यको शपथ भने रोकेका छन् । केन्द्रीय सदस्य सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र सुशील भट्टका विषयमा विवाद देखिएका उनीहरूको शपथ रोकिएका हो ।

भट्टको उमेर ३५ वर्षभन्दा बढी देखिएको, चालिसे, बस्नेत र खड्काको भने मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ रोकिएको हो । उनीहरूले सफाइ पाएपछि मात्रै जिम्मेवारी तोकिने भएको छ ।  

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : ५५ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको