काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेल वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना छ ।
आजको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुने तालिका छ ।
त्यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यो खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
तर, दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ ।
जारी प्रतियोगितामा लुम्बिनी र चितवनले एक-एक खेलमा जित निकालेका छन् । विराटनगरले भने आफ्ना दुवै खेल गुमाएको छ । त्यस्तै, सुदूरपश्चिमले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ ।
















प्रतिक्रिया