काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा भएको हो ।
स्रोतका अनुसार मिश्रीले आजैदेखि भेटघाट सुरु गर्नेछन् । उनको कार्यक्रम तालिकामा प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
भारतीय विदेश सचिव मिश्री भोलि नै काठमाडौंको भ्रमण सकेर नयाँदिल्ली फर्किने कार्यक्रम छ ।
















प्रतिक्रिया