६ श्रावण २०८३, बुधबार | July 22, 2026

ल्याण्डमार्क होटलको सेवामा ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा विशेष छुट सविधा पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.काउपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात काठमाडौं, पोखरा तथा चितवनमा रहेका ल्याण्डमार्क होटल रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहक एवं कर्मचारीले विशेष छुट सुविधा पाउनेछन् । होटलबाट उपलब्ध सेवा तथा सुविधाहरुमा बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणालीद्वारा भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी सहुलियत छुट योजनाहरु ल्याउने गरेको छ ।

७१ जिल्लामा ग्लोबल आइएमई बैंकको २५९ शाखा सञ्जाल रहेको छ । यसैगरी शाखाबाहेक २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं