२ मंसिर २०८३, बुधबार | November 18, 2026

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ




काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ५९ बजे

Your email address will not be published.

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो