३ मंसिर २०८३, बिहिबार | November 19, 2026

मलद्वारमा लुकाएर ल्याएको झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक झानुवा वाङलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार बुधबार बिहान १ः२५ बजेमा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० को उडानमार्फत हङकङबाट आउँदै गरेका वर्ष ५८ का चिनियाँ नागरिक वाङलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट पहेँलो गोलाकार अर्धठोस पदार्थ थान ४ प्लास्टिकको ऱ्यापसहित १ केजी ८०३.७७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भन्सार एरीया पार गरी बाहिर निस्कने क्रममा उनको साथबाट सुन बरामद भएको हो ।

पक्राउ परेका वाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ५४ बजे

Your email address will not be published.

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली,

आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्ट पदमा जगदीश खड्का

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

काठमाडौं । सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय

गोरुसिंगे-चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडको ठेक्का सम्झौता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत कपिलवस्तुको