हेटौंडा । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।
सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सातै जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। मृतकको शवसमेत अस्पताल पुर्याइएको जनाइएको छ।
यसअघि केहीदिन अघि पनि भिमफेदी नजिकै काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
















प्रतिक्रिया