५ मंसिर २०८३, शनिबार | November 21, 2026

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ : संयोजक प्रचण्ड



भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उनले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिए ।

संयोजक प्रचण्डले भने, “अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उनले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गरे ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ११ : ५४ बजे

Your email address will not be published.

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ : संयोजक प्रचण्ड

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो