५ पुस २०८२, शनिबार | December 20, 2025

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।

मधुवन-३ बस्ने २६ वर्षीया गङ्गा खत्रीलाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी खत्रीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले पुष्टि गरेको छ ।

नरभक्षि बाघले खत्रीलाई आक्रमण गरि नजिकै जंगलतिर घिसार्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले थाहा पाएर हो हल्ला गरेपछि महिलाको लाश छाडेर बाघ जङ्गल पसेको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : ४२ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।