१४ असार २०८३, आइतबार | June 28, 2026

प्रधानमन्त्री र भारतीय गुप्तचर बीचको भेट आपत्तिजनक : भीम रावल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता कुटनीति मर्यादा विपरित भएको टिप्पणी गरेका छन् ।

भेटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रेस नोट जारी गरेलगत्तै नेता रावलले ट्वीट गर्दै भेटवार्ता कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरेका हुन् ।

रावलले नेपालको भेटवार्ता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको जिकिर गरेका छन् ।

रअ प्रमुख गोयल र प्रधानमन्त्री बीच बुधबार मध्यराति बालुवाटारमा भेटभएको थियो । पौने २ घण्टा भएको भेटमा गोयलले नेपाल भारत सम्बन्ध थप बिग्रन नदिन प्रतिवद्धता जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोटमा जनाएका छन् । गोयल बिहीबार बिहान स्वदेश फर्किएका छन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : ३२ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)