२४ मंसिर २०८२, बुधबार | December 10, 2025

प्रधानमन्त्री र भारतीय गुप्तचर बीचको भेट आपत्तिजनक : भीम रावल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता कुटनीति मर्यादा विपरित भएको टिप्पणी गरेका छन् ।

भेटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रेस नोट जारी गरेलगत्तै नेता रावलले ट्वीट गर्दै भेटवार्ता कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरेका हुन् ।

रावलले नेपालको भेटवार्ता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको जिकिर गरेका छन् ।

रअ प्रमुख गोयल र प्रधानमन्त्री बीच बुधबार मध्यराति बालुवाटारमा भेटभएको थियो । पौने २ घण्टा भएको भेटमा गोयलले नेपाल भारत सम्बन्ध थप बिग्रन नदिन प्रतिवद्धता जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोटमा जनाएका छन् । गोयल बिहीबार बिहान स्वदेश फर्किएका छन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : ३२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल