३ पुस २०८२, बिहिबार | December 19, 2025

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय पुरुषको आज (शुक्रबारबिहान) मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ७ निवासी ती पुरुषलाई यही कात्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

सोही दिन उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै आज बिहान ८ बजेर ४४ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

ती पुरुष मृगौला र उच्च रक्तचापका बिरामी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ३६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको