१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय पुरुषको आज (शुक्रबारबिहान) मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ७ निवासी ती पुरुषलाई यही कात्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

सोही दिन उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै आज बिहान ८ बजेर ४४ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

ती पुरुष मृगौला र उच्च रक्तचापका बिरामी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ३६ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा