१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

राजस्व परिचालन चुनौतीपूर्ण अवस्थामा छ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् ।

कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताएका हुन् ।

शनिबार निजी क्षेत्रको समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अर्थमन्त्री पौडेलले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफु रहेको बताका हुन् । अर्थमन्त्री पौडेलले अहिलेको अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफु रहेको प्रष्ट पारे ।

पौडेलले भने, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन् वा अरु चिजहरु, जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भने, ती चिजहरुमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं । पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’

राजश्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए । बन्दाबन्दिका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौती थपिएको बताए । तरपनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए ।

उनले भने, ‘केही तल छौं तर हामी नजिक पुगेका छौं । हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवद्र्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य पुरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा छौं ।’

यस्तै सरकार र राज्यका विभिन्न किायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफु रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि पौडेलले स्पष्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : १९ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण