२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रधानमन्त्रीले विदेशी गुप्तचरलाई समकक्षी जस्तै भेट्नु नेपालको कुटनीतिक इतिहासमा पहिलो घटना : नेकपा प्रवक्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुखसँग दुई घण्टा लामो भेटघाट गरेपछि त्यसविरुद्ध निरन्तर आलोचना भैरहेको छ ।

प्रधानमन्त्रीको कामप्रति स्वयं सत्तारुढ नेकपाकै नेताहरुले तिखो प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटेर राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गर्नु नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा पहिलो घटना पहिलो भएको पनि श्रेष्ठले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेटेको जनाएका छन् । उनले यसबारेमा पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको बताएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : १८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात