३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना उपचारबाट पछि हट्ने सरकारी निर्णय जिल्लामा कार्यान्वयन हुँदै



काठमाडौं । सरकारले कोरोना संक्रमितहरुको उपचार निःशुल्क गर्न नसक्ने निर्णय गरेसँगै तयार गरेको सक्रिय संक्रमित स्वास्थ्यकर्मी, स्वास्थ्य सहयोगी तथा आम नागरिकको उपचारको नयाँ मापदण्ड जिल्लाहरुमा कार्यान्वयन हुन थालेको छ ।

सुरुका दिनहरुमा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दै चिकित्सक, स्वस्थ्यकर्मी, अग्रभागमा खटिने स्वास्थ्य कर्मचारी तथा सहयोगी र लक्षण सहितका आम नागरिकका लागि तय भएका उपचारको मापदण्ड सरकारले बारम्बार परिवर्तन गरिरहेको छ । पछिल्लो पटक ७७ वटै जिल्लामा नयाँ मापदण्ड कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साता पहिले परिपत्र गरेको थियो ।

७ दिन लगातार कोरोना संक्रमितका उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य कर्मचारी तथा स्वास्थ्य सहयोगीलाई ७ दिन मात्र क्वारेन्टिन पठाउने र त्यहाँ रहँदा लक्षण नदेखिए पुनः ड्युटिमा खटाउने गरिएको थियो । नयाँ मापदण्ड अनुसार अबदेखि ड्युटीमा खटिएको अवस्थामा वा त्यसपछि कोरोनाको चिन्ह नदेखिएमा क्वारेन्टिन बस्न नपठाउने परिपत्र यसअघि नै जारी भएको थियो ।

अब आम नागरिकलाई पनि १० दिन मात्र आइसोलेसन बस्नु पर्ने व्यवस्था कार्यन्वयन हुन थालेको छ । यो नयाँ मापदण्ड आजबाट जिल्लामा कार्यान्वयन हुन थालेको छ ।

अवदेखि चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य कर्मचारी र सहयोगीहरुले कोरोनाको चिन्ह देखिएमात्र क्वारेन्टिन वा आइसोलेसन बस्नु पर्नेछ, अन्यथा उनीहरुले ड्युटीबाट बिश्राम पाउने छैनन् ।

त्यसैगरी आम नागरिकले यस अघि लक्षण देखिएका १४ दिन आइसोलेसनमा बसेर उपचार गर्नु पर्ने र आइसोलेट अवधिमा लक्षण नदेखिएमा ७ दिन थप होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज पाउने गरेकोमा अबदेखि १० दिनमात्र आइसोलेसनमा बसे पुग्ने व्यवस्था गरिएको छ ।

कोरोना पुष्टि भएर लक्षण देखिएका त्यस्ता नागरिकहरुलाई आइसोलेट अवधिमा लक्षण नदेखिएमा वा पछिल्लो तीन दिन कुनै चिन्ह नभेटिएमा डिस्चार्ज गर्ने नयाँ मापदण्ड जिल्लाहरुमा आजबाट कार्यान्वयनमा आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका