४ चैत्र २०८२, बुधबार | March 18, 2026

पर्सा हत्याकाण्डमा अनुसन्धान निकायले जाहेरी लिन नमान्नु आश्चर्यजनक : अध्यक्ष प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सामा पार्टीका नेता मुकेश चौरासियाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै हत्या जस्तो जघन्य अपराधको मुद्दामा अनुसन्धान निकायबाट जाहेरी लिन नमान्नु आश्चर्यजनक भएको जनाएका छन् ।

केहीदिन अघि पर्साको बिध्यबासिनी गाउँपालिकामा नेकपाकै दुई समुहबीचको झडपमा घाइते भएका चौरासियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्,  ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ। म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।’

अध्यक्ष प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।

उनले घटनाका सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै जारी विज्ञप्तिलाई कार्यकारी अध्यक्षको हैसियतले समर्थन समेत गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १९ बजे

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण