२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पर्सा हत्याकाण्डमा अनुसन्धान निकायले जाहेरी लिन नमान्नु आश्चर्यजनक : अध्यक्ष प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सामा पार्टीका नेता मुकेश चौरासियाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै हत्या जस्तो जघन्य अपराधको मुद्दामा अनुसन्धान निकायबाट जाहेरी लिन नमान्नु आश्चर्यजनक भएको जनाएका छन् ।

केहीदिन अघि पर्साको बिध्यबासिनी गाउँपालिकामा नेकपाकै दुई समुहबीचको झडपमा घाइते भएका चौरासियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्,  ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ। म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।’

अध्यक्ष प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।

उनले घटनाका सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै जारी विज्ञप्तिलाई कार्यकारी अध्यक्षको हैसियतले समर्थन समेत गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात