१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दशैंले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि ल्याउँछ : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दशैँ पर्वले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।

गुरुङले परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाइने यस्ता चाडपर्वहरूबाट भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्ने जनाएका छन् । चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको पनि मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यसपालिको दशैँ एउटै घरमा बस्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्न उनले आग्रह गरेका छन् ।

मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने लगायत कोभिड–१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी दशैँ मनाउनसमेत मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : १८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर