१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

दशैंले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि ल्याउँछ : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दशैँ पर्वले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।

गुरुङले परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाइने यस्ता चाडपर्वहरूबाट भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्ने जनाएका छन् । चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको पनि मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यसपालिको दशैँ एउटै घरमा बस्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्न उनले आग्रह गरेका छन् ।

मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने लगायत कोभिड–१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी दशैँ मनाउनसमेत मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : १८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से