१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अन्तराष्ट्रिय कुटनीतिक सम्बन्धको भावना बोकेको यौटा ‘शान्ति बगैंचा’



पाकिस्तानको राजधानी इस्लामावाद । र, इस्लामावादको बीचोबीच सकरपारियनमा रहेको यौटा सानो पहाडी टाकुरा । घना जंगलले घेरेको होचो सकरपारियन टाकुराको एका छेउमा सुन्दर बगैंचा बनाइएको छ । अर्को छेउमा पाकिस्तान मोमेन्टम रहेको छ । आज हामी सुन्दर बगैंचाको औषत कुरा गरिरहेका छैनौं । यो, बगैंचाले दिन खोजेको सन्देशको बारेमा बताउँदैछौं ।

पाकिस्तानले आफ्नो राजधानी कराँचीबाट इस्लामावाद सारेको केही समयपछि नै यो बगैंचाको निर्माण गरेको थियो । यो बगैंचाले पाकिस्तानको वैदेशिक सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । पाकिस्तानका छिमेकी एवं मित्रराष्ट्रहरुबीच रहेको दुईपक्षीय सम्बन्धको सेतु बनेको छ यो बगैंचा । पाकिस्तानमा कुनै पनि विदेशी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको भ्रमण हुँदा इस्लामावादको बगैंचामा पुग्ने गर्छन्, र कम्तिमा यौटा रुख रोप्ने गर्छन् ।

यो बगैंचामा हालसम्म १३० वटा रुख रोपिएका छन्, मित्रताको प्रतिकको रुपमा । सन् १९६४ फेब्रुअरी २१मा तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले इस्लामावादको भ्रमण गर्दा सकरपारियनमा आएर चिनियाँ पिपलको बिरुवा रोपेका थिए । क्यापिटल डेपलपमेन्ट अथोरिटी सीडीएको स्थापना गरेको अन्तराष्ट्रिय मैत्री बगैंचामा त्यस बेलादेखि विरुवा रोप्ने परम्पराको सरुवात गरियो । विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु जति पाकिस्तान पुगे यो बगैंचामा रुख रोपेर पाकिस्तान र आफ्नो देशको मित्रताको जग सोही युग युगसम्म बढ्ने विश्वास गरे । त्यतिबेला रोपिएका कैयौं विरुवा अहिले ठूला रुख बनिसकेका छन् । रोपिएका सबै रुखलाई जोगाउने जिम्मा क्यापिटल डेभलपमेन्ट अथोरिटीको रहेको छ ।

यो बगैंचामा अहिलेपनि रुख रोप्ने काम जारी छ । नेपालका तत्कालिन राजा विरेन्द्रले सन् १९८० मा इस्लामावादको भ्रमण गर्दा यहाँ सल्लाको रुख रोपेका छन् । विरेन्द्रले रोपेको ठूलो रुख बनिसकेको छ । तत्कालिन युवराज दिपेन्द्रले पनि रुख रोपेका छन् । नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सन् १९९६ मा इस्लामावाद भ्रमण गर्दा रोपेको विरुवा विस्तारै हुर्किने क्रममा छ ।

यो बगैंचामा सबैभन्दा धेरै चिनियाँ अतिथिहरुले नै रुख रोपेका छन् । यसबाहेक, चाउएन लाई, झाओ झियाङ, लि पेङ, झु रोङ झी, वेन जिया वाओ, लि खक्याङहरुले रोपेका सबै रुख हुर्केका छन्, हुर्कने क्रममा छन् । सायद, अल वेदर फ्रेन्ड भएरै होला, चिनिया उच्चअधिकारीहरुको बाक्लै आउजाउ हुन्छ पाकिस्तानमा । र, यसको प्रभाव यो बगैंचामा पनि देख्न सकिन्छ ।

यो बगैंचामा अमेरिका, कुवेत, मलेसिया, बहराईन, रुस, अफगानिस्तान, तुर्केमिनिस्तान, थाइल्याण्ड, बोस्निया, प्लायेष्टाइन, कोरिया, अजरवैजान, फिलिपिन्स, क्यानडा, सेनेगल, मोरक्को, ओमान, लेवनान, टर्की, इन्डोनेसिया, बंगलादेश, इरान, भियतनाम, सिंगापुर, मौरिसस, फ्रान्स, जापान, कतार, उज्वेकिस्तान, किर्गिस्तान, बु्रनाई आदि देशका सरकारप्रमुख राष्ट्रप्रमुखले रुख रोपेका छन् । अर्थात, यो अन्तराष्ट्रिय मैत्री बगैंचा सयौं रुखको कचौरा जस्तै बनेको छ । चिनिया पिपल, सल्लो, धुपी सल्लो, ओलिभ लगायतका प्रजातिका रुख रोपिएका छन् । प्रत्येक रुखको फेदमा कसले कहिले रुख रोपेको भनेर मार्वलमा लेखिएको छ । क्यापिटल डेपलपमेन्ट अथोरिटीले यो बगैंचामा सबै अतिथिहरुले रोपेका रुख विरुवाका फोटो प्रदर्शनी कक्ष बनाउँदै छ ।

सकरपारियन टाकुराको अर्को छेउमा पाकिस्तान मोमेन्टम रहेको छ । पाकिस्तानको ऐतिहासिक राजनीतिक, आर्थिक, सांस्कृतिक, भौगोलिक विशेषतालाई सुरक्षित गरेर राखिएको छ । पाकिस्तान कसरी बन्यो भनेर जिवन्त देखाउने प्रयास गरिएको छ । पाकिस्तान–भारत विभाजहुनुपूर्व पाकिस्तानका कायदे आजम मोहम्मद अलि जिन्हा र भारतका राष्ट्रपति महात्मा गान्धीबीच भएका सम्वाद एवं तत्कालिन ब्रिटिश भाइस रोयका गतिविधि पनि यो मोमेन्टममा सुरक्षित गरिएको छ ।

इस्लामावादबासी यो सकरपारियन टाकुरामा पुग्छन् । शान्त र सफार चिटिक्क परेको शहरको बीचमा रहेको यो टाकुरा त्यसै पनि सुन्दरताले भरिपूर्ण छ । इस्लामावादको दृश्यावलोकनका लागि यो टाकुरा प्रसिद्ध छ । पाकिस्तान मोमेन्टम र सँगै रहेको अन्तराष्ट्रिय मैत्री बगैंचा विदेशी पाहुनाको लागि इस्लामावादको मुख्य गन्तव्य पनि हो । आफ्ना देशका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले रोपेको रुख हुर्केको देखेर विदेशी पर्यटक पनि मख्ख पर्छन् । र शान्तिको कामना गर्दै एकपटक सोच्छन्, पाकिस्तानको सम्बन्ध सबै विदेशी मित्रराष्ट्र एवं छिमकीसँगै सुखद बनोस । सबैसँग बिग्रेको सम्बन्ध पनि सुधारियोस ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ५८ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान