१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आज विश्वभर ‘मोहम्मद डे’ मनाईंदै, प्रदेश २ मा सार्वजानिक बिदा; यस कारण मनाईन्छ ‘मोहम्मद डे’



बुटवल । बिश्वभका इस्लाम धर्मालम्बिहरुले आज ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्मोत्सव मनाईरहेका छन् । हजरत मोहम्मदको जन्मदिनको अवसर पारेर ईस्लाम धर्मालम्बिहरुले घरघरमा दिपावली गर्ने, संयुक्त प्रदर्शन गर्ने तथा एक आपसमा शुभकामना आदान प्रदान गर्दै जन्मोत्सव मनाईरहेका छन् । मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

आमरुपमा मोहम्मदको जन्मदिनलाई नेपालमा मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछन्। १४९१ वर्ष पहिले अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई.वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।

मोहम्मद जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

मोहम्मद–डे का अवसरमा मुस्लिम समुदायले गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ ।

हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लम अल्लाह ९ईश्वर० को दुतको रुपमा जगतमा आएको इतिहास बताउँछ । मोहम्मदको मिठो बोली, सुद्ध तथा नैतिक आचरण तथा व्यवहारबाट अरबका जनताहरु प्रभावित भएका थिए । ४० वर्षसम्म उहाँले अरबमा रही इस्लाम धर्मका धार्मिक मान्यताबारे जनताहरुलाई प्रशिक्षित गर्नु भएको थियो ।

एकदिन मोहम्मद सलल्लाहु अलैहे वसल्लमले अरबको अग्लो पहाडबाट के तपाईहरु अल्लाहको अलवा यो संसारमा कोही छैन् भनेर मान्नुहुन्छरु भनी प्रश्न गर्नुभएको थियो जवाफमा अरबीक जनताहरुले हामी मान्न तयार छौँ भनी जवाफ फर्काएका थिए र यो नै पहिलो इस्लाम धर्मको मौखीक प्रचारप्रसार भएको इतिहासमा उल्लेख छ ।

प्रदेश नम्बर २ सरकारले आज प्रदेशमा सार्वजानिक बिदा समेत दिएको छ । मुस्लिम बाहुल्यता रहेको नेपालगन्जमा समुदायले स्थानीय उपमहानगरसँग बिदाको माग गरेपनि उपमहानगरले बिदा दिने निर्णय गरेन ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ११ : ५६ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से