११ असार २०८३, बिहिबार | June 26, 2026

राष्ट्रिय टिमका पाँच फुटवल खेलाडीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अभ्यासमा बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अहिले ती पाँचै जना खेलाडी आइसोलेसनमा रहेका छन ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् । गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर सरकारले दशै लगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कार्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा