२ पुस २०८२, बुधबार | December 18, 2025

राष्ट्रिय टिमका पाँच फुटवल खेलाडीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अभ्यासमा बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अहिले ती पाँचै जना खेलाडी आइसोलेसनमा रहेका छन ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् । गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर सरकारले दशै लगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कार्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल